Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अछाममा बालेनका विश्वासपात्र भुपदेव हारको संघारमा

अछाममा बालेनका विश्वासपात्र भुपदेव हारको संघारमा

आइतवार , फाल्गुण २४, २०८२

काठमाडौं । देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व सफलता हासिल गरिरहँदा भावी प्रधानमन्त्रीका रूपमा चर्चामा रहेका बालेन शाहका विश्वासपात्र भुपदेव शाह भने अछाममा हारको संघारमा पुगेका छन् ।

अछाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका भुपदेव मतगणना अन्तिम चरणमा पुग्दा चौथो स्थानमा सीमित भएका छन् ।

पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार यज्ञ बोगटी ९ हजार ४३१ मतसहित अग्रस्थानमा छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पुष्प बहादुर शाहले ८ हजार ९७२ मत ल्याएका छन् ।

तेस्रो स्थानमा नेकपाका बल बहादुर कुँवर ६ हजार २३९ मतसहित रहेका छन् भने रास्वपाका भुपदेवले ४ हजार ५२६ मत प्राप्त गर्दै चौथो स्थानमा रहेका छन् ।

भुपदेव यसअघि तत्कालिन काठमाडौं महानगरपालिकामा मेयर बालेन शाहका स्वकीय सचिवका रूपमा कार्यरत थिए ।

महानगरको जिम्मेवारीबाट बाहिरिएर उनले अछाम–२ बाट उम्मेदवारी दिएका थिए । उनको चुनावी अभियानमा सहयोग गर्न बालेन स्वयं अछाम पुगेका थिए ।

देशभर देखिएको ‘घन्टी’ चुनाव चिह्नको लहरले अछामलाई भने खासै छुन सकेन । अछाम–१ मा नेपाली कांग्रेसका उम्मेदवारले जित हासिल गर्दा रास्वपाका ओमप्रकाश रावल १ हजार ७३९ मतसहित चौथो स्थानमा सीमित भए।

यद्यपि बालेनसँग निकट रहेका अन्य उम्मेदवारहरूले भने देशका विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077