Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हर्मुज स्ट्रेट नजिक १६ इरानी जहाज ध्वस्त पारेको अमेरिकाको दाबी

हर्मुज स्ट्रेट नजिक १६ इरानी जहाज ध्वस्त पारेको अमेरिकाको दाबी

बुधवार , फाल्गुण २७, २०८२

एजेन्सी । अमेरिकाले हर्मुज स्ट्रेट नजिक बारुदी सुरुङ बिछ्याउन तयारी गरिरहेका १६ वटा इरानी जहाज ध्वस्त पारेको दाबी गरेको छ।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)ले उक्त आक्रमणको भिडियोसमेत सार्वजनिक गर्दै आफ्ना सैन्य कारबाहीबाट इरानका ती जहाज नष्ट गरिएको जनाएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिकी सेनाले स्ट्रेट अफ हर्मुज नजिक खडा १० इरानी जहाजमा आक्रमण गरेको बताएका थिए। पछिल्लो विवरणअनुसार ध्वस्त पारिएका जहाजको संख्या १६ पुगेको दाबी गरिएको छ।

अमेरिका, इजरायल र इरानबीच जारी तनाव र युद्धका कारण यस क्षेत्रको सुरक्षा अवस्था झन् जटिल बनेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077