Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सीआईबीद्वारा फेक रेस्क्यु प्रकरणमा पानारोमा हिमालयका पासाङ शेर्पा पक्राउ

सीआईबीद्वारा फेक रेस्क्यु प्रकरणमा पानारोमा हिमालयका पासाङ शेर्पा पक्राउ

बुधवार , फाल्गुण २७, २०८२

काठमाडौं । हिमाल आरोहण गर्न आएकाहरूको हेलिकप्टरमार्फत उद्धार गरी ठगेको घटना (फेक रेस्क्यु)मा संलग्न थप एक जना ट्रेकिङ कम्पनीका सञ्चालक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोलुखुम्बु, सोलु दुधकुण्ड नगरपालिका वडा नं. १ का ५० वर्षीय पासाङ शेर्पा रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार नेपालको उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्या परेको देखाएर विदेशी पर्यटकको उद्धार गरिएको भन्दै बीमा कम्पनीबाट रकम दाबी गरी गैरकानुनी आर्थिक लाभ लिएको आरोपमा शेर्पालाई पक्राउ गरिएको हो।

उनी पानारोमा हिमालयन ट्रेकिङ एण्ड एक्पिडिसन प्रालिका सञ्चालक समेत हुन् ।

सीआईबीका अनुसार सन् २०२५ मा दुई विदेशी नागरिक सगरमाथा बेस क्याम्प ट्रेकिङमा गएका बेला गाइड तथा ट्रेकिङ कम्पनी सञ्चालकले उनीहरूको सहमति बिना हेलिकप्टर मगाई काठमाडौं ल्याएर अस्पतालमा भर्ना गराई रेस्क्यु तथा स्वास्थ्य बीमा दाबी गरेको भन्दै विद्युतीय माध्यमबाट उजुरी दिएका थिए।

अनुसन्धानका क्रममा रेस्क्यु फ्लाइट सञ्चालन गर्ने कम्पनीहरूले विभिन्न निकायमा रहेका अभिलेखको विवरणमा हेरफेर गरी  यात्रु र कार्गो  फरक पारेको, किर्ते कागजात तयार गरेको र उद्धार गरिएको भनिएका विदेशी पर्यटकलाई काठमाडौंका विभिन्न अस्पतालमा उपचार गरिएको देखाउँदै बिल तयार गरी बीमा रकम दाबी गरिएको पनि अनुसन्धानबाट खुलेको छ।

हालसम्म यस प्रकरणमा ट्रेकिङ कम्पनी, रेस्क्यु कम्पनी, अस्पताल, विदेशी बीमा कम्पनीका नेपालस्थित एजेन्ट तथा हेलिकप्टर कम्पनीका शेयरधनीरसञ्चालक गरी १० जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077