Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फेक रेस्क्युमा संलग्न २३ जनालाई सीआइबीले पक्राउ गर्न सकेन

फेक रेस्क्युमा संलग्न २३ जनालाई सीआइबीले पक्राउ गर्न सकेन

सोमवार , चैत्र २, २०८२

काठमाडौं । फेक रेस्क्यु ठगीमा संलग्न ३३ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सिफारिस गरेको छ। जसमध्ये २३ जना फरार छन् । सूचना चुहिएका कारण धेरैलाई सीआइबीले पक्राउ गर्न नसकेको हो । कतिपय सेटिङमै भागेको आशंका गरिएको छ ।  
सीआइबीले आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउँदै १६ ट्रेकिङ कम्पनी, चार हेलिकोप्टर कम्पनी, पाँच रेस्क्यु कम्पनी, तीन अस्पताल, तीनजना बिमा कम्पनीका स्थानीय एजेन्ट र एक ट्रेकिङ गाइडविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो । संगठित अपराधसहित राष्ट्रहितविरुद्धको कसुर, आपराधिक लाभ, लिखतसम्बन्धी कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको छ । 
सीआइबीले हेलिकोप्टर कम्पनीहरू एयर डायनिस्टी, माउन्टेन हेली, बमनाङ एयर र अल्टिच्युट एयरको यसमा संलग्नता देखिएको दाबी गरेको छ । त्यस्तै, श्रीद्धी, एरा इन्टरनेशनल र श्वाकन अस्पतालविरुद्ध पनि मुद्दा चल्ने भएको छ । 
यसमा संलग्न १० जनालाई सीीआइबीले पक्राउ गरेको छ ।  सीआइबीले माउन्टेन रेस्क्यु सर्भिसका सञ्चालक जयराम रिमाल, एभरेस्ट एक्सपिरियन्स एन्ड असिसटेन्स प्रालिका सुवास केसी र मुक्ति पाण्डे, नेपाल चार्टर सर्भिस प्रालिका रवीन्द्र अधिकारी, मास्टर हिमालय ट्रेक्सका विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका अपरेसन म्यानेजर विवेक थपलियालाई पक्राउ गरिसकेको छ । 
त्यस्तै, श्रृद्धि इन्टरनेसनल अस्पतालका सञ्चालक डा. गीर्वाणराज तिमिल्सिना, वायुसेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंह, रोयल होलिडेजका सन्दीप तिवारी तथा पानोराम ट्रेकिङका पासाङ शेर्पालाई पनि पक्राउ परे। 
एयर डायनिष्टीका मालिक श्यामसुन्दर कँडेल लगायत भने फरार छन्। उनीहरुमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धि कसुरमा पनि सीआइबीले अनुसन्धान गरिरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077