Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानको आक्रमणमा यूएईमा ज्यान गुमाएका गोरखाका युवकको शव परिवारलाई बुझाइयो

इरानको आक्रमणमा यूएईमा ज्यान गुमाएका गोरखाका युवकको शव परिवारलाई बुझाइयो

बुधवार , फाल्गुण २७, २०८२

काठमाडौं । इरानको आक्रमणमा परी युनाइटेड अरब इमिरेट्स (यूएई)मा मृत्यु भएका गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ।

परराष्ट्र मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो ।

परराष्ट्र मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काका अनुसार केही दिनअघि इरानको आक्रमणमा परी यूएईमा कार्यरत नेपाली युवक श्रेष्ठको ज्यान गएको थियो।

'इरानको आक्रमणमा परी यूएईमा गोरखाका एक युवकको मृत्यु भएको थियो। उहाँको शव नेपाल ल्याएर परिवारलाई हस्तान्तरण भइसकेको छ,' खड्काले पत्रकार सम्मेलनमा बताए।

उनका अनुसार उक्त आक्रमणमा हालसम्म यूएईमा एक नेपालीको मृत्यु र १५ जना घाइते भएका छन्। मंगलबार मात्रै थप एक नेपाली घाइते भएका थिए।

घाइतेमध्ये १४ जना उपचारपछि घर फर्किसकेको र एक नेपाली अझै उपचाररत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077