मोरङ । मोरङमा अवैध लागूऔषध गाँजासहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
शुक्रबार मोरङको विराटनगर महानगरपालिका–३ बरगाछीस्थित सडकमा हिँड्दै गरेका दुई जनामाथि अनुसन्धान गर्दा गाँजा फेला परेको हो ।
पक्राउ पर्नेहरुमा भारतको अररियाका १८ वर्षीय पृथ्वीकुमार सिंह र २२ वर्षीय कृष्ण कुमार सिंह रहेका छन् ।
उनीहरुको साथबाट ११.५२ केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।