काठमाडौं । पितृशोकमा रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की ओलीको निवास गुण्डु पुगेकी छन् ।
पिताको निधनपछि शोकमा रहेका ओली र उनको परिवारलाई समवेदना दिन प्रधानमन्त्री कार्की श्रीमान दुर्गा सुवेदी सहित ओली निवास पुगेकी हुन् ।
ओली पिता मोहनप्रसाद ओलीको शुक्रबार ९७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो ।
अहिले ओली गुन्डुमै पिताको काजकिरिया गरिरहेका छन् । उनी शनिबार एमालेको सचिवालय बैठकमा पनि सहभागी भए ।
तर उक्त बैठकको अध्यक्ष उपाध्यक्ष रामबहादुर थापा बादलले गरेका थिए। बैठकले एमालेबाट १६ जना समानुपातिक सांसद चयन गरिएको छ।
यसअघि नेकपा अध्यक्ष ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुरको गुन्डु पुगेकी थिइन् ।
भक्तपुरको बालकोटमा बस्दै आएका ओली जेनजी आन्दोलनपछि भक्तपुरकै गुण्डुमा बस्दै आइरहेका छन् ।