Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो, ग्यासको मूल्य यथावत्

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो, ग्यासको मूल्य यथावत्

आइतवार , चैत्र १, २०८२

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको र इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई तिर्नुपर्ने बक्यौता रकम थपिँदै गएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेको छ । बढेको नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ।

निगमका अनुसार आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीमा पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ, डिजेल ५४ रुपैयाँ र एलपी ग्यास प्रतिसिलिन्डर २१६ रुपैयाँले बढेर आएको थियो।

तर, सार्वजनिक यातायात, ढुवानी र सर्वसाधारणको दैनिकीमा प्रत्यक्ष असर पर्ने भएकाले मूल्य स्थिरीकरण कोषको रकम प्रयोग गरी पेट्रोल र डिजेलमा कम मात्र मूल्य बढाइएको निगमले जनाएको छ।

एलपी ग्यासको खुद्रा मूल्य भने हाललाई यथावत् राखिएको छ।

May be an image of text

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077