Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीको ३७ करोडको ठेक्कामा सेटिङ ? नयाँ गृहमन्त्री नआउँदै टेण्डर स्वीकृत गर्ने तयारी

प्रहरीको ३७ करोडको ठेक्कामा सेटिङ ? नयाँ गृहमन्त्री नआउँदै टेण्डर स्वीकृत गर्ने तयारी

मंगलवार , चैत्र ३, २०८२

काठमाडौं । सुशासनको माग राख्दै भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठन भएको नागरिक सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेसँगै नयाँ सरकार गठनको तयारी तीब्र हुँदैछ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झण्डै दुई तिहाई(२ सिट कम) प्राप्त गरेसँगै नयाँ सरकार बनाउने निश्चित छ । 

जेजनी आन्दोलनको मुख्य एजेण्डा भ्रष्टाचार नियन्त्रणलाई आत्मसाथ गरेको रास्वपाले नयाँ सरकार गठनसँगै वेथिति र विसंगतिलाई न्यूनिकरण गर्ने आम जनताको अपेक्षा छ । 

यहि बेलामा नेपाल प्रहरीमा झण्डै ३७ करोड रुपैयाँ बराबरको टेण्डर सेटिङमा हत्याउन एउटा समूहले ठूलो चलखेल गरिरहेको छ । 

नेपाल प्रहरीका लागि आवश्यक दंगा नियन्त्रण सामग्री (राइट कन्ट्रोल गियर) र ढाला (एन्टी रोइट सेल्ड) खरिदको टेण्डर प्रकृया नयाँ गृहमन्त्री आउनु अघि नै सम्पन्न गर्नेगरी ठेकेदारद्वय महेश शर्मा र झम्क भट्टले सेटिङ गरिसकेको स्रोत बताउँछ । 

यो ठेक्काको सेटिङमा प्रधानमन्त्री सुशीला कार्कीका विवादास्पद स्वकीय सचिव आदर्श श्रेष्ठ, पूर्व डिएसपी गणेश चन्द तथा विचौलिया दिपक भट्ट समेत संलग्न रहेको बुझिएको छ । 

करिब ३६ करोड १८ लाख मूल्य बराबरको हेलमेटलगायत भिड नियन्त्रणमा आवश्यक सामग्रीसहितको राइट कन्ट्रोल गियर र करिव ७५ लाख बराबरको ढाला खरिदका लागि नेपाल प्रहरीको आर्थिक प्रशासन तथा प्रवन्ध निर्देशनालयले गएको माघ २६ गते बोलपत्र सूचना निकालेको थियो । 

राज्यका सबै निकायको ध्यान निर्वाचनतिर गइरहेका बेला प्रवन्धका अधिकारीहरुसँग सेटिङ गरी ठेकेदारद्वय शर्मा र भट्टले ठेक्का हत्याउन लागेका थिए । 

आगामी चैत १० गते ठेक्का आह्वान भएको ४५ दिन पूरा हुन्छ । तर, एक सातामा नयाँ गृहमन्त्री आउने निश्चित छैन । 

यहि मौकामा एडी सप्लायर्सका ठेकेदारद्वय शर्मा र भट्टलाई सेटिङमा ठेक्का दिलाउन प्रवन्ध निर्देशनालयका डिएसपी प्रकाश थापालगायतका अधिकारीहरुले धमाधम काम गरिरहेको स्रोत बताउँछ । 

निर्वाचनको मुखमा सेटिङमा निकालिएको टेण्डरमा शर्मा र भट्टलाई मात्र मिल्ने गरी स्पेक बनाइएको एक उच्च प्रहरी अधिकारी बताउँछन् । अन्य ठेकेदारहरुले प्रतिस्पर्धा नै गर्न नपाउने गरी स्पेक बनाएका उनीहरुले बोलपत्रको सूचना निकाल्दा पनि चिनियाँ नयाँ वर्षको समय पारेका थिए । 

किनकी त्यतिखेर चीनमा सार्वजनिक विदा परेकाले कसैले पनि नमूना ल्याउन सक्ने अवस्था थिएन । अब १० दिनमा कुनै पनि ठेकेदारले नमूना ल्याउनै नसक्ने प्रहरी अधिकारीहरु नै बताउँछन् । 

ठेक्का हत्याउन लागि परेका महेश शर्मा पूर्वएआईजी विज्ञानराज शर्माका नजिकका नातेदार हुन् । विज्ञानराज शर्मा जेजनी आन्दोलनपछि गठित जाँचबुझ आयोगका कारण विवादमा तानिएका छन् । 

उनीमाथि आफ्नो स्वार्थ अनुकुल प्रहरी अधिकारीहरुमाथि कारबाही सिफारिस गरेर संगठनलाई नै तहसनहस पार्न खोजेको आरोप लागेको छ । यस्तो बेला उनकै आफन्त पर्ने महेश शर्माले ठेक्का हत्याउन खोजिरहेका छन् । 

झम्क भट्ट भने कांग्रेस निकट ठेकेदार हुन् । उनलाई सेटिङमा माहिर अर्का ठेकेदार ज्ञानेन्द्र बस्नेतले पनि सहयोग गरिरहेका छन् । 

राइट कन्ट्रोल गियर र ढालाको बोलपत्र २०८२ चैत १२ गते खोल्ने मिति तोकिएको छ । अन्य ठेकेदारले प्रतिस्पर्धा गर्न पाउने गरी ठेक्का निकालिएको भए २५ करोड सम्ममा उक्त सामान खरिद गर्न सकिने प्रहरी अधिकारीहरु नै दावी गर्छन् । 

यसअघि राइट कन्ट्रोल गियर खरिदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि टेण्डर रद्द भएको थियो । लामो समयदेखि राइट कन्ट्रेल गियर र ढाला खरिद गरिएको थिएन । 

प्रहरी नेतृत्वले समयमै आफू मातहतको प्रवन्ध निर्देशनालयले गर्न लागेको गल्तीलाई नसुधार्ने हो भने धेरै प्रहरी अधिकारीहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा नपर्लान भन्न सकिन्न । 

tender.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077