Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि–बालेनको प्रशंसा गर्दै चिनियाँ कम्युनिस्ट पार्टीले दियो रास्वपालाई बधाई

रवि–बालेनको प्रशंसा गर्दै चिनियाँ कम्युनिस्ट पार्टीले दियो रास्वपालाई बधाई

मंगलवार , चैत्र ३, २०८२

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीलाई चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले औपचारिक पत्र पठाउँदै बधाई तथा शुभकामना दिएको छ । 

उक्त पत्रमार्फत चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँगको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा दुई राजनीतिक शक्तिबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास दिलाएको उल्लेख छ । 

सीपीसीले औपचारिक पत्र पठाएर बधाई दिएको रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालले जानकारी दिएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीले पठाएको पत्रमा चीन र नेपालबीचको राजनीतिक आपसी विश्वासलाई थप गहिरो बनाउँदै दुवै देश र जनताको हितका लागि ‘साझा भविष्यसहितको समुदाय’ निर्माण गर्ने संकल्प गरिएको खनालले जानकारी दिएका छन्। 

पत्रमा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वदायी भूमिकाको प्रशंसा गरेको छ। दुवैको नेतृत्वमा रास्वपाले नेपाल-चीन परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गरिएको खनालले बताए। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077