Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जाँचबुझ आयोगको प्रतिवेदन खोज्दै रक्षा बमले भनिन्- सिंहदरबार जलाउने सलाई कसको हातमा थियो जान्न चाहन्छु

जाँचबुझ आयोगको प्रतिवेदन खोज्दै रक्षा बमले भनिन्- सिंहदरबार जलाउने सलाई कसको हातमा थियो जान्न चाहन्छु

शनिवार , चैत्र ७, २०८२

काठमाडौं । जेनजी अगुवा रक्षा बमले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न फेरि माग गरेकी छन्।

जेनजी आन्दोलनका घाइतेका परिवारबाट माइतीघरमा दुर्व्यवहार गरेको भएपछि सामाजिक सञ्जालमा लेख्दै उनले आयोगको प्रतिवेदन सार्वजनिक गर्न फेरि आग्रह गरेकी हुन् ।

'कृपया प्रतिवेदन सार्वजनिक गरिदिनुहोस्। त्यो तपाईंको जिम्मेवारी हो। न्याय पर्खिरहेका आँखाहरू तपाईंतिरै फर्किएका छन्। इतिहासले तपाईंलाई कसरी सम्झिने, त्यो निर्णय आज तपाईंकै हातमा छ,' प्रधानमन्त्री सुशीला कार्कीलाई सम्बोधन गर्दै उनले लेखेकी छन्।
 
गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाइसकेको भए पनि हालसम्म सार्वजनिक गरिएको छैन। जनेजी अगुवा बमले प्रतिवेदन पढेर आफूले आफ्नो हातमा रगत लागे–नलागेको, आन्दोलन भड्किएको विषयमा जान्न चाहेको पनि बताएकी छन्। 
 

‘प्रधानमन्त्रीज्यू, मेरो हातमा रगत लागेको छ कि छैन, म त्यो जान्न चाहन्छु। मैले सिंहदरबार जलाएको हो कि होइन, म त्यो जान्न चाहन्छु,’ उनले लेखेकी छन्, ‘म कतैबाट परिचालित छु कि छैन, यी सबै प्रश्नहरूको उत्तर म पनि जान्न चाहन्छु। म यो पनि जान्न चाहन्छु कि हाम्रो शान्तिपूर्ण आन्दोलन एकाएक हिंसात्मक कसरी भयो रु गोली चलाउने आदेश कसले दियो रु र सिंहदरबार जलाउने सलाई कसको हातमा थियो रु’

 

बमले आफूहरूको शान्तिपूर्ण आन्दोलन हिंसात्मक बन्नुको कारण पनि प्रतिवेदनमार्फत् खोजेकी छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077