Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खाडी क्षेत्रमा ठूलो संख्यामा अमेरिकी सेना प्रस्थान

खाडी क्षेत्रमा ठूलो संख्यामा अमेरिकी सेना प्रस्थान

बिहिवार , चैत्र १२, २०८२

एजेन्सी । अमेरिकाले खाडी क्षेत्रमा ‘हजारौं’ सैनिक पठाएको छ । इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी क्षेत्रमा ठूलो संख्यामा सैनिक खटाएको हो । 

इरानले अमेरिकी सैनिक खाडी देशतर्फ परिचालित हुनुलाई इरानको कुनै टापु कब्जा गर्ने उद्देश्य हुनसक्ने आशंका गरेको छ ।

इरानका सभामुख मोहम्मद बघेर घलिबाफले यदि कुनै छिमेकी देशले ‘शत्रु’हरूलाई इरानको कुनै टापु कब्जा गर्न सहयोग गरेमा त्यस देशमाथि पनि आक्रमण गर्ने चेतावनी बुधबार दिएका छन् ।

केही विश्लेषकहरूले भने इरानी सभामुखको चेतावनी संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लक्षित हुन सक्ने बताएका छन् । 

अल जजिराका अनुसार अमेरिकाको नजर खार्ग टापुतर्फ छ । खार्ग सानो र खुला टापु हो, जुन इरानको मुख्य भूमिसँग नजिक छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077