'पार्टीपंतिले सामाजिक सञ्जलमा लेख्न सकेनन्'
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम जादुमय देखिएको टिप्पणी गरेका छन् ।
बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहणपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेबाट निर्वाचित प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
ओलीले भने- 'भर्खरै सकिएको यो निर्वाचन अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादुमय छ । यसमा एउटा हाम्रा विरोधीहरूले अथवा हाम्रा उद्देश्यका विरोधीले समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यका विरोधीले कुप्रचार गरेर देशमा घृणाको राजनीति गरे । उनीहरुलाई धेरैतिरको सहयोग भयो । असभ्य, अश्लिल, गालीगलौज र कुप्रचारहरु भए । हाम्रो सभ्य शैलीले त्यसको प्रतिवाद गर्न सकेन ।'
निर्वाचनमा एमालेविरुद्ध कुप्रचार गर्नेहरूलाई धेरैतिरको सहयोग भएको ओलीले दाबी गरे ।