Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पक्राउपछि ओलीले भने - यो प्रतिशोध हो, कानुनी लडाईं लड्छु

पक्राउपछि ओलीले भने - यो प्रतिशोध हो, कानुनी लडाईं लड्छु

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई गरिएको पक्राउलाई “प्रतिशोधपूर्ण” भएको बताएका छन् ।

जेनजी आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनामा संलग्नताको आरोपमा प्रहरीले शनिबार बिहान उनलाई पक्राउ गरेपछि ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

पक्राउ पुर्जी लिएर प्रहरी पुगेपछि ओलीले तत्काल आफ्ना कानुनी सल्लाहकारहरूसँग परामर्श गरेका थिए। सो क्रममा उनले कानुनी रूपमा कडा प्रतिवाद गर्ने तयारीमा रहेको स्पष्ट पारे ।

उनले भनेका छन्, यो पक्राउ प्रतिशोधपूर्ण छ। यसको कानुनी लडाईं लड्छु, तपाईंहरू तयारी गर्नुहोस्।

ओलीले पूर्वमहान्यायाधिवक्ता रमेश बडाल तथा वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई सँग परामर्श गरेका थिए।

प्रहरीले भने जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा नागरिकको ज्यान गएको विषयमा अनुसन्धान अगाडि बढाउँदै उनलाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077