Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली पक्राउपछि एमाले सडकमा, आजैदेखि आन्दोलन थाल्ने घोषणा

ओली पक्राउपछि एमाले सडकमा, आजैदेखि आन्दोलन थाल्ने घोषणा

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान राजनीतिक घटनाक्रमलाई “प्रतिशोधको राजनीति” को संज्ञा दिँदै त्यसविरुद्ध आजैदेखि आन्दोलन थाल्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले प्रदर्शनका कार्यक्रमहरू केही समयमै सार्वजनिक गरिने जानकारी दिएका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीले देशमा द्वन्द्वको अवस्था सिर्जना हुन सक्ने बस्नेतको जिकिर छ।

उनले सरकारको कदमलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाउँदै लोकतान्त्रिक मूल्य–मान्यतामाथि खतरा उत्पन्न भएको बताएका छन्।

बस्नेतले आफ्नो वक्तव्यमा लेखेका छन्,'राजनीतिक बन्दी नहुनु लोकतन्त्रको महत्वपूर्ण सूचक हो। नेपाल विगतमा यस्तो उदाहरण थियो, तर पछिल्ला घटनाक्रमले चिन्ता बढाएको छ।'

उनले बालेन्द्र शाह नेतृत्वको सरकारमाथि गम्भीर आरोप लगाउँदै गृहमन्त्री सुधन गुरुङ को नियुक्तिसमेत विवादास्पद भएको टिप्पणी गरेका छन्।

प्रहरीको भूमिकामाथि पनि प्रश्न उठाउँदै उनले भने,'आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्रका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा दुःख लाग्छ।'

बस्नेतले लोकतन्त्रको रक्षा र 'प्रतिशोधको राजनीति' विरुद्ध आन्दोलनमा सहभागी हुन आम नागरिकलाई आह्वान गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077