Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पक्राउ परेका केपी ओलीलाई अस्पताल पठाउने तयारी

पक्राउ परेका केपी ओलीलाई अस्पताल पठाउने तयारी

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाउने तयारी गरिएको छ ।

हाल काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखिएका ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लैजान लागिएको प्रहरी स्रोतले जनाएको छ।

प्रहरी स्रोतका अनुसार ओलीको स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै आवश्यक उपचारका लागि अस्पताल रेफर गर्ने प्रक्रिया अघि बढाइएको हो ।

पूर्व गृहमन्त्री रमेश लेखकलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।

ओलीको पक्राउपछि देशको राजनीतिक अवस्था तातेको छ । एमालले सचिवालय बैठक समेत बोलाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077