काठमाडौं । गुन्डुबाट पक्राउ परेका नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रहरीले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ ।
शनिबार बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको हो । ओली नेतृत्वमा सरकार रहेका बेला भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो ।
७६ जनाको ज्यान जानेगरी भएको आन्दोलनको मुख्य दोषी ओलीलाई ठहर गरेको छ ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालिन गृहमन्त्री रमेश लेखक र ओलीलाई लापरबाहीपूर्ण र हेलचेक्र्याईपूर्ण क्रियाकलाप र व्यवहार गरेका कारण मानवीय क्षति भएको भन्दै आयोगले फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
उनीहरुलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिएको छ ।