Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आइतबार अदालतमा उपस्थित गराइने

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आइतबार अदालतमा उपस्थित गराइने

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । शनिबार एकैसाथ पक्राउ परेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक आइतबार अदालतमा उपस्थित गराइने भएको छ ।

शनिबार सार्वजनिक बिदा भएकाले उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धानका लागि अनुमति लिन अदालतमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यस प्रक्रियाअन्तर्गत उनीहरूलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं हुँदै जिल्ला अदालत काठमाडौंमा लगिनेछ।

कानुनी प्रावधानअनुसार, प्रहरीले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई अधिकतम २४ घण्टा हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने व्यवस्था छ। तर हिरासत विस्तारका लागि जिल्ला अदालतबाट अनुमति लिन आवश्यक छ।

प्रहरीले आइतबारको पेशीमा अदालतबाट आवश्यक अनुमति लिएपछि अनुसन्धान प्रक्रिया अगाडि बढाउने जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077