Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पक्राउ परेका ओली त्रिवि शिक्षण अस्पताल भर्ना, कार्यकर्ताहरू सडकमा उत्रिए

पक्राउ परेका ओली त्रिवि शिक्षण अस्पताल भर्ना, कार्यकर्ताहरू सडकमा उत्रिए

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना गरिएको छ ।

उनलाई ‘एनेक्स वान’ भवनको बेडमा राखिएको छ । शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो ।

यस्तै ओलीको गिरफ्तारीको विरोधमा एमालेका नेता–कार्यकर्ताहरू सडकमा उत्रिएका छन् । पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक चलिरहँदा काठमाडौं जिल्ला कमिटीको आयोजनामा चाबहिल चोकबाट प्रदर्शन सुरु भएको छ।

उनको पक्राउ भदौ २३–२४ को जेन–जी आन्दोलनसँग सम्बन्धित घटनामा दमन आरोप र गौरीबहादुर कार्की आयोगको सिफारिस अनुसार सरकारले शनिबार बिहानै निवासबाट नियन्त्रणमा लिएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077