Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मुलुक मद्रासी फिल्म शैलीमा चलेर अर्को मध्यावधि चुनाव हुनसक्ने भन्दै हर्क साम्पाङको चिन्ता

मुलुक मद्रासी फिल्म शैलीमा चलेर अर्को मध्यावधि चुनाव हुनसक्ने भन्दै हर्क साम्पाङको चिन्ता

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । सांसद हर्क साम्पाङले सरकारलाई कानुन, विधि र थितिले अघि बढ्नुपर्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमार्फत सांसद साम्पाङले मद्रासी फिल्मी शैलीको तुलना गर्दै यस्तो चेतावनी दिएका हुन् ।

उनले भने, 'सरकारले 'टू मच' अघि बढ्न खोज्यो भने दुर्घटना र विनाश तिर जाने संकेत देखिन्छ।'

उनले थपे, 'फिल्म सुरु नै नभइकन 'द इन्ड' भयो भने हामीले के बुझ्नु ?' सांसद साम्पाङले सरकारको हालको गति र मध्यावधि चुनावको सम्भाव्यतालाई लिएर चिन्ता व्यक्त गरे ।

सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि देशमा फेरि अशान्त मच्चिएको छ ।

शनिबार राजधानीसहित विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको छ । भोलि आन्दोलनलाई थप कडा बनाउने घोषणा गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077