काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराउने तयारी थालिएको छ ।
ओलीको स्वास्थ्य अवस्थाका कारण भौतिक रुपमा अदालतमा उपस्थित गराउन नसकिने भएकोले भिडियो कन्फ्रेसिङको माध्यमबाट उपस्थित गराउन लागिएको हो ।
शनिबार बिहानै गुन्डुबाट पक्राउ परेका ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । ओलीलाई हिडडुल गराउँदा स्वास्थ्यमा असर पर्ने जनाएपछि चिकित्सकहरुको सुझावअनुसार सरकारी वकिल कार्यालयले भिडियो कन्फ्रेसिङका माध्यमबाट उनलाई अदालतमा उपस्थित गराउने तयारी थालेको हो ।
शनिबार नै पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई भने अदालतमा उपस्थित गराइसकिएको छ ।
ओली र लेखक दुवै जना भदौ २३ गते भएको जेनजी आन्दोलन दमन गरेको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पक्राउ परेका हुन् ।