Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गैंडाकोटमा ३ गाडी एकापसमा ठोक्किए, १२ जना घाइते

गैंडाकोटमा ३ गाडी एकापसमा ठोक्किए, १२ जना घाइते

सोमवार , चैत्र १६, २०८२

नवलपुर । नवलपुरको गैंडाकोटमा सोमबार बिहान तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट नगरपालिका वडा नं. ९ स्थित हनुमान मन्दिर नजिकै तीनवटा सवारी साधन एकापसमा ठोक्किँदा उनीहरु घाइते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रबक्ता डिएसपी अनिल पन्डितका अनुसार सोमबार  बिहान करिब ६ः४५ बजे नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ख ०९१० नम्बरको बसले गैंडाकोटबाट भेडाबारीतर्फ जाँदै गरेको बाप्र ०१-०२८ च ५००४ नम्बरको हात्तीगाडी र सोही दिशातर्फ जाँदै गरेको बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा तीनै वटा सवारी साधनका चालकहरू घाइते भएका छन् । घाइते सबैको चितवन मेडिकल कलेज र नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077