काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
सरुवा सूची अनुसार प्रदीप परियार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाइएका छन् । उनी संघीय मामिलाबाट सरुवा भएका हुन् । परियारले अब प्रधानमन्त्रको निजी सचिवका रुपमा काम गर्नेछन् ।
यस्तै टेक नारायण पौडेललाई तुलसीपुर उपमहानगरपालिका दाङ, चन्द्रप्रसाद भुसाललाई घोराही उपमहानगरपालिका दाङ र दीपक ज्ञवालीलाई बुटवल उपमहानगरपालिका रुपन्देहीमा कामकाजमा पठाइएको छ ।
त्यसैगरी ज्ञानहरि घिमरेलाई जनकपुरधाम उपमहानगरमा कामकाज र नवराज शर्मालाई सहरी विकास मन्त्रालय वा अन्तरगत सरुवा गरिएको बताइएको छ ।