Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

८ सहसचिवको सरुवा, को-कहाँ ?

८ सहसचिवको सरुवा, को-कहाँ ?

आइतवार , माघ ४, २०८२

काठमाडौं । सरकारले एकैपटक ९ जना सहसचिवको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवासम्बन्धी सूचना सार्वजनिक गरेको हो ।

सरुवाअनुसार गृह मन्त्रालयअन्तर्गत कार्यरत सहसचिव केदारनाथ शर्मालाई अर्थ मन्त्रालयमा पठाइएको छ ।

यस्तै, मधेश प्रदेशमा कार्यरत धर्मेन्द्रकुमार मिश्रको गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी छविलाल रिजाललाई गण्डकी प्रदेशमा सरुवा गरिएको छ । भ्रष्टाचार मुद्दाबाट हालै मात्र सफाइ पाएका प्रदीप परियार लाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ ।

यस्तै राम आधार यादवलाई मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय वा अन्तर्गत मधेश प्रदेश सरुवा गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077