Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आठ सीडीओसहित गृह मन्त्रालयका १३ सहसचिवको अन्य निकायमा सरुवा

आठ सीडीओसहित गृह मन्त्रालयका १३ सहसचिवको अन्य निकायमा सरुवा

शुक्रवार , पौष ४, २०८२

काठमाडौं । सरकारले ६० सहसचिवको एकैपटक सरुवा गरेको छ । सरुवामा आठ जिल्लाका सीडीओको पनि जिम्मेवारी फेरिएको छ ।

आठ सीडीओसहित गृह मन्त्रालयका १३ सहसचिवलाई अन्यत्र खटाइएको छ ।

लमजुङका सीडीओ डा. टोकराज पाण्डेय, खोटाङकी कल्पना श्रेष्ठ, इलामकी सुनिता नेपाल, सल्यानका नेत्र प्रसाद सुवेदी, पूर्वी नवलपरासीका कृष्ण प्रसाद लम्साल, दोलखाका नारायण प्रसाद रिसाल, सिन्धुपाल्चोकका बन्धुप्रसाद बाँस्तोला, बाराका सिडिओ धर्मन्द्र मिश्रको अन्य मन्त्रालयमा सरुवा भएको हो ।

त्यस्तै, कारागार व्यवस्थापन विभागको महानिर्देशक लिला प्रसाद शर्मा, मन्त्रालयमा कार्यरत गोपाल प्रसाद अर्याल, गोविन्द रिजाल, शंकरी आचार्य, खिमबहादुर रायमाझीको पनि अन्यत्र सरुवा भएको छ ।

नयाँ सहसचिवहरु गृहमा भित्रिएका छन् । रेखा कँडेल, निश्चलराज पाण्डे, राजन पौडेल, लक्ष्मी प्रसाद पौडेल, मदन कोइराला, उमेश ढुंगाना, शान्ति प्रसाद प्रसाई गृह मन्त्रालयमा अन्यत्रबाट आएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077