काठमाडौं । सरकारले २९ सहसचिवको सरुवा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो।
सरुवा सूचीअनुसार विभिन्न मन्त्रालय, आयोग, महानगरपालिका तथा प्रदेश तहमा कार्यरत सहसचिवहरूको जिम्मेवारी परिवर्तन गरिएको छ ।
यससँगै देशका केही प्रमुख महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत फेरिएका छन् । नाराण प्रसाद भण्डारीको सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएको छ ।
रेशम लाल कँडेललाई कलैया उपहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ ।