Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बीपी राजमार्गमा चल्न थाले गाडी

बीपी राजमार्गमा चल्न थाले गाडी

बुधवार , चैत्र १८, २०८२

काभ्रेपलाञ्चोक । वर्षा रोकिएसँगै बीपी राजमार्ग मा यातायात पुनः सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख कोमल शाह का अनुसार मंगलबार बेलुकीदेखि वर्षा कम भई जोखिम घटेपछि रोकिएको सवारी आवागमन खुलाइएको हो।

मंगलबार साँझ करिब ७ बजेदेखि पनौती, नमोबुद्ध र दाप्चा क्षेत्रमा परेको भारी वर्षाका कारण चौकीडाँडा–नेपालथोक खण्डमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै यातायात अस्थायी रूपमा रोकिएको थियो।

वर्षा थामिएपछि काभ्रेभन्ज्याङ र नेपालथोकमा होल्ड गरेर राखिएका सवारीसाधनलाई क्रमशः गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।

हाल निर्माणाधीन अवस्थामा रहेको बीपी राजमार्गअन्तर्गत चौकीडाँडादेखि नेपालथोकसम्म रोशी खोलामै बनाइएको अस्थायी डाइभर्सन प्रयोग गरी सवारी सञ्चालन भइरहेको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077