काठमाडौं । जेनजी आन्दोलनपछि भएको निर्वाचमा पहिलो पार्टी बनेर सरकार सञ्चालन गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला चर्चाको शिखरमा छ ।
सभापति रवि लामिछानेले हिजो प्रतिनिधिसभाका पहिलो बैठकमा गरेको सम्बोधन र दलित समूदायसँग मागेको माफिको चौतर्फी चर्चा भइरहेकोछ ।
वर्तमान सरकारको पनि चर्चा उत्तिकै छ । पूर्वप्रधानमन्त्री तथा पूर्वगृहमन्त्रीदेखि विवादास्पद ठेकेदार दीपक भट्ट तथा पूर्वउर्जामन्त्री दीपक खड्का पक्राउ परेको विषयले गृहमन्त्री सुधन गुरुङ उत्तिकै चार्चाको पात्र बनेका छन् ।
नागरिकमाथि गरेको दमन, भ्रष्टाचार र अकुत सम्पत्ति आर्जन गरेको आरोपमा ‘ठूला माछा’हरुलाई कठघरासम्म पुर्याउन सफल गुरुङ आज फेरि चर्चामा छन् । मन्त्रालयको सोफामै निदाएको तस्विर सार्वजनिक गरेका उनको कतिपयले प्रशंसा गरेका छन् भने कतिपयले विरोध पनि गरेका छन् ।
निरन्तर काममा खटेका गृहमन्त्री गुरुङ मन्त्रालयमै आराम गरिरहेको तस्बिर सार्वजनिक भएको हो । कार्यव्यस्तताका कारण घर जान नपाएपछि उनी मन्त्रालयकै सोफामा सुतेका हुन् ।
उनको निजी सचिवालयका अनुसार २४ घण्टा काममा व्यस्त मन्त्री गुरुङ मन्त्रालयमै सुतेका हुन् । उक्त तस्बिर फेसबुकमार्फत सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले लेखेका छन्–‘निर्माता भन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन ।’
कतिपयले ‘नेता भनेको यस्तो हुनपर्छ’ भन्दै प्रशंसा गरेका छन् भने कतिपयले आरामका लागि केही समय विश्राम लिनु स्वाभाविक कुरा हो। तर मन्त्रालयभित्रको सोफामा सुतेको फोटो खिचेर बाहिर सार्वजनिक गर्नु हाम्रो सामाजिक चेतना, संस्कार र सोचको स्तर कस्तो छ ? भन्ने प्रश्न उठाएको आरोप लगाएका छन् ।
यसअघि २०८० फागुनमा तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले आफ्नो कार्यकक्षमा आफै पोछा लगाएर चर्चा बटुलेका छन्।
बिहानै सिंहदरवारस्थित आफ्नो कार्यकक्षमा पुगेका मन्त्री किराँतीले कार्यालय सहयोगीलाई काम गर्न नदिएर आफैँ पोछा लगाइरहेको भिडियो त्यतिबेला सार्वजनिक भएको थियो ।
मन्त्रीहरुले गरेको यस्तो कार्य सस्तो लोकप्रियताका लागि मात्रै त होइन भन्ने प्रश्न पनि उठाएको छ । गृहमन्त्री र पर्यटनमन्त्री जस्तो व्यक्तिले सस्तो लोकप्रियतामा यी कार्यहरु गरेका हुन्, भने त्यस्तो काममा रमाउनु मन्त्रीजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिलाई कदापि सुहाउँदैन।