Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

इरानद्वारा ४८ घण्टे युद्धविराम अस्वीकार, अमेरिकी युद्धक विमान खसालिएको दाबी

इरानद्वारा ४८ घण्टे युद्धविराम अस्वीकार, अमेरिकी युद्धक विमान खसालिएको दाबी

शनिवार , चैत्र २१, २०८२

एजेन्सी । इरानले तेस्रो मुलुकमार्फत आएको ४८ घण्टे युद्धविरामको प्रस्ताव अस्वीकार गरेको छ । बुधबार तेहरान पुर्‍याइएको सो प्रस्तावलाई इरानले स्वीकार गर्न नमानेको हो ।

साथै इरानले शुक्रबार अमेरिकी एफ-१५ई स्ट्राइक ईगल लडाकु विमान खसालिएको दाबी गरेको छ । उक्त विमान इरानभित्रै खसालिएको थियो। जानकारी अनुसार यसका दुई चालक दल सदस्यमध्ये एक जनाको उद्धार गरिएको छ।

अर्का एक जना अझै बेपत्ता रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्। खोजी तथा उद्धार अभियानका क्रममा गएका दुईवटा ब्ल्याक हक हेलिकोप्टरमाथि पनि इरानले आक्रमण गरेको थियो। तर चालक दल सदस्यहरू सुरक्षित रहेको बताइएको छ।

इरानले शुक्रबार नै अर्को अमेरिकी ए-१० अट्याक एयरक्राफ्ट (वारथोग) लाई होर्मुज नजिकै निशाना बनाएको दाबी गरेको छ। यस घटनाका बाबजुद अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा कुनै असर नपर्ने बताएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077