Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

इरानलाई धम्की दिँदै ट्रम्पले भने - सम्झौताका लागि अब ४८ घण्टा मात्र बाँकी छ

इरानलाई धम्की दिँदै ट्रम्पले भने - सम्झौताका लागि अब ४८ घण्टा मात्र बाँकी छ

शनिवार , चैत्र २१, २०८२

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई दिएको समयसीमा सकिन लाग्दा पुनः कडा चेतावनी दिएका छन् ।

उनले इरानलाई ‘सम्झौता गर्न वा होर्मुज स्ट्रेट खोल्न’ दिएको समय अब ४८ घण्टा मात्र बाँकी रहेको बताएका छन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमार्फत प्रतिक्रिया जनाउँदै भनेका छन्, 'मैले इरानलाई १० दिनको समय दिएको थिएँ—सम्झौता गर्न वा होर्मुज स्ट्रेट खोल्न। अब त्यो समय सकिँदै छ।'

उनले समयसीमा भित्र माग पूरा नभए “नराम्रो अवस्था” आउने चेतावनी समेत दिएका छन्। यद्यपि, उनले सम्भावित कदमबारे स्पष्ट खुलाएका छैनन्।

यसअघि मार्च २७ मा ट्रम्पले १० दिनका लागि इरानका पावर प्लान्टहरूमा आक्रमण स्थगन गरिएको घोषणा गरेका थिए। त्यससँगै इरानलाई कूटनीतिक समाधानतर्फ आउन समय दिइएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077