काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको टिप्पणी गरेका छन् ।
आइतबार बिहान सामाजिक सञ्जालमार्फत गृहमन्त्री सुधनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्, '३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ ।'
प्रहरी हाल धमाधम बिचौलिया र गुण्डाहरु लगायत भ्रष्ट्राचार काण्डमा जोडिएका व्यक्तिहरुलाई समातिरहेको छ । सोही प्रसंगमा गृहमन्त्री सुधनको सो टिप्पणी आएको हो ।
तर सामाजिक सञ्जालमा भने यो स्टाटसपछि टिकाटिप्पणी हुन् थालेको छ । कतिपयले कसले किन लगायो ? भन्दै प्रश्न गर्न थालेका छन् ।