Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुलभ अग्रवालमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप

सुलभ अग्रवालमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप

आइतवार , चैत्र २२, २०८२

काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप गरिएको छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आइतबार बिहान पक्राउ परेका सुलभमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले ५ दिन म्याद थप गरेको हो । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविद्ध अनुसन्धान भइरहेको छ । 

यसअघि शुक्रबार नै शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल र्अथात् सुलभका बुबा पनि पक्राउ परेका थिए ।

यसअघि व्यवसायीक साझेदार दीपक भट्ट पक्राउ परेसँगै फरार रहेका सुलभ बुबा शंकरलाई प्रहरीले नियन्त्रणमा लिएसँगै प्रहरीको सम्पर्कमा आएका थिए। शंकरलाई भने बयान सकेर छोडिएको छ ।

शंकर ग्रुपको मुख्य कम्पनी जगदम्बा स्टिल हो । यो समूहले नेपालमा स्टिलसँगै, सिमेन्ट, जलविद्युत्, उपभोक्ता वस्तु लगायत क्षेत्रमा लगानी गरेको छ ।

शंकर ग्रुप र भट्टका कम्पनीबीच ४५ करोड अवैध कारोबार पुष्टि भएको स्रोत बताउँछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077