Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली-लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको आदेश

ओली-लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको आदेश

आइतवार , चैत्र २२, २०८२

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पुनः पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले आइतबार दुवै नेताको म्याद पाँच दिनका लागि थप गर्ने आदेश दिएको हो ।

यसअघि अदालतले चैत १९ मा दुई दिन थुनामा राख्न आदेश दिएको थियो । 

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिस अनुसार प्रहरीले गत शनिबार ओली र लेखकलाई पक्राउ गरेको थियो । 

यता, ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा सोमबारका लागि बहस निरन्तर छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077