Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देउवा दम्पतीविरुद्ध इन्टरपोल नोटिस जारी प्रक्रिया सुरु

देउवा दम्पतीविरुद्ध इन्टरपोल नोटिस जारी प्रक्रिया सुरु

बुधवार , चैत्र २५, २०८२

काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध इन्टरपोलबाट नोटिस जारी गर्ने प्रक्रिया सुरु भएको छ। 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अदालतबाट पक्राउ पुर्जी लिएर देउवा दम्पतीविरुद्ध प्रहरी प्रधान कार्यालयमार्फत इन्टरपोलमा सूचना पठाउने तयारी गरेको हो।

प्रहरी प्रधान कार्यालयस्थित नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी)को आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)बाट नोटिस जारी गर्न सकिने कानूनी व्यवस्था रहेको छ। 

अब विभागको पत्रका आधारमा प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखाले नोटिस जारी गर्ने प्रक्रिया अगाडि बढाउनेछ। रेडनोटिस जारी भए इन्टरपोलमा आबद्ध देशका प्रहरीले पक्राउ गर्न सहयोग गर्नेछन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग देउवा दम्पतीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको विषयमा अनुसन्धान गरिरहेको छ।

भदौ २४ गते जेनजी आन्दोलनको बेला उनीहरुको घरमा नगद जलेको थियो। ठूलो मात्रामा गरगहना पनि फेला परेको थियो। यी विषयमा जेनजी आन्दोलनलगत्तै विभागले अनुसन्धान अगाडि बढाएको थियो।

चुनावको पूर्वसन्ध्यामा १४ फागुनमा देउवा दम्पत्ति उपचारका लागि भन्दै सिंगापुर उडेका थिए । त्यहाँबाट उनीहरु ७ चैतमा हङकङ गएको बताइएको छ ।

विभागका महानिर्देशक गजेन्द्र ठाकुरले भने देउवा दम्पतीविरुद्ध अदालतबाट पक्राउ अनुमति जारी भएको समाचार अस्वीकार गरेका छन् । उनका अनुसार यो सबै विषय अनुसन्धानकै प्रक्रियामा छ ।  तर विभागका एक अधिकृतका अनुसार भने काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीले पक्राउ अनुमति दिइसकेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077