Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कालिकोटमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु

कालिकोटमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु

बुधवार , चैत्र २५, २०८२

जुम्ला । जुम्लाको हिमा गाउँपालिकाबाट सुर्खेत जाँदै गरेको एम्बुलेन्स कालिकोटको खाँडाचक्र नगरपालिकाको मेयर खोलानजिक दुर्घटनामा परेको छ । 

दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।  मृत्यु हुनेमा जुम्ला हिमा गाउँपालिकाका एम्बुलेन्स चालक २६ वर्षीय शक्ति शाही र सोही पालिकाका ३२ वर्षीय भीमराज अधिकारी छन् ।

घाइते हुनेमा हिमा गाउँपालिकाका लोकेन्द्र शाही र अक्कल अधिकारी रहेका छन् । प्रतिकूल मौसमका कारण उद्धार कार्यमा कठिनाइ भएको थियो ।

घाइतेहरूलाई कालिकोट जिल्ला अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ । दुर्घटनाबारे जिल्ला प्रहरी कार्यालय कालिकोटले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077