Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

लेबनानमा इजरायलले आक्रमण गरेपछि इरानले फेरि बन्द गर्‍यो होर्मुज जलमार्ग

लेबनानमा इजरायलले आक्रमण गरेपछि इरानले फेरि बन्द गर्‍यो होर्मुज जलमार्ग

बिहिवार , चैत्र २६, २०८२

एजेन्सी । इरानले बुधबार विश्वकै महत्वपूर्ण तेल मार्ग होर्मुज जलमार्ग पुनः बन्द गरेको छ ।

लेबनानमा इजरायलले सशस्त्र समूह हिजबुल्लाहमाथि गरेको भीषण आक्रमणको प्रतिउत्तरस्वरूप इरानले यस्तो कदम चालेको हो ।

यसले एक महिनाभन्दा लामो संघर्ष अन्त्य गर्न गरिएको नाजुक युद्धविराम सम्झौता नै भत्किने खतरा बढाएको छ।

बुधबार इजरायलले लेबनानको राजधानी बेरुतका व्यापारिक तथा आवासीय क्षेत्रमा आक्रमण तीव्र बनाउँदा १८२ जनाको मृत्यु भएको छ।

यो इजरायल–हिजबुल्लाह युद्धकै अहिलेसम्मकै सबैभन्दा घातक दिन बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले युद्धविरामलाई “अत्यन्तै नाजुक” भन्दै यसको भविष्य अनिश्चित रहेको बताएका छन्।
ह्वाइट हाउसले इरानलाई तत्काल होर्मुज जलमार्ग खोल्न आग्रह गरेको छ।

इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिका स्वयंले सम्झौताका सर्त उल्लंघन गरेको आरोप लगाएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077