Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१३ दिनपछि छुटे ओली, अस्पतालमै आफन्तको जिम्मा

१३ दिनपछि छुटे ओली, अस्पतालमै आफन्तको जिम्मा

बिहिवार , चैत्र २६, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ । 

उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो । 

जटिल स्वास्थ्य अवस्था भएको देखाउँदै उनी त्रिवि शिक्षण अस्पतालमा बसेका थिए ।

त्यसलगत्तै ओलीकी पत्नी राधिका गैरकानूनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

सर्वोच्च अदालतले चैत २३ गते बेलुका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो ।

सर्वोच्चले बिहीबारसम्म पनि अनुसन्धान टुंगिन नसकेमा शर्तसहित छाड्न आदेश दिएको थियो । सर्वोच्चको आदेश बमोजिम आजै ओलीलाई रिहाइ गरिएको हो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077