चितवन । गृहमन्त्री सुधन गुरुङले चितवनको घोप्टे भिरको अवलोकन गरेका छन् ।
हरेक वर्ष घोप्टे भिडमा बाढी जाँदा यात्रुहरूले समस्या झेल्नु परेको भन्दै चितवनका सीडीओ गणेश अर्यालले समस्या राखेपछि गृहमन्त्री गुरुङ त्यहाँ पुगेका हुन् ।
अवलोकनका क्रममा गृहमन्त्री गुरुङले उक्त जोखिम प्रभावित क्षेत्रलाई तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।
यसैबीच, गृहमन्त्री गुरुङले चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयको पनि निरीक्षण गरेका छन् ।
उनले शनिबार सो तालिम शिक्षालय पुगेर निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा मन्त्री गुरुङले त्यहाँका समस्या र विपद् व्यवस्थापनका क्रममा गर्न सकिने कामहरूबारे ब्रिफिङ लिए ।
निरीक्षणको क्रममा गृहमन्त्री गुरुङले कम्तीमा पाँच किलोमिटरको फरकमा हेलिप्याट स्टेसन राख्न निर्देशन दिए ।
निरीक्षणमा सशस्त्र प्रहरी अधिकारीहरू सँगै चितवन जिल्लाका सिडिओ गणेश अर्याल र सशस्त्र प्रहरीका एसएसपी भरत खनिया सङ्गै सशस्त्र प्रहरी नायब महानिरीक्षक अन्जनि कुमार पोख्रेल, जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख प्रहरी उपरिक्षप गोबिन्द पुरी र ट्राफिक प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डे सहभागी थिए।