Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री सुधन गुरुङको शेयर बजारमा ४ करोडभन्दा बढी लगानी

गृहमन्त्री सुधन गुरुङको शेयर बजारमा ४ करोडभन्दा बढी लगानी

आइतवार , चैत्र २९, २०८२

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको शेयर बजारमा ४ करोड ३१ लाखभन्दा बढी लगानी रहेको खुलासा भएको छ ।

आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरणमा यस्तो देखिएको हो ।

सार्वजनिक विवरणअनुसार, गुरुङको कुल ४ करोड ३१ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको शेयर लगानी रहेको छ। उनले विभिन्न कम्पनी तथा धितोपत्र बजारमा उल्लेखनीय हिस्सा राखेका छन्।

होप होल्डिङ्स प्रालिमा उनको ३० हजार थान साधारण शेयर रहेको छ, जसको मूल्य करिब ३० लाख रुपैयाँ उल्लेख गरिएको छ। त्यस्तै, लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५ हजार ७ सय थान शेयर रहेको र त्यसको मूल्य ५७ लाख रुपैयाँ रहेको विवरणमा जनाइएको छ।

गुरुङले सबैभन्दा ठूलो लगानी भने धितोपत्र बजारमा कारोबार हुने शेयरहरूमा गरेका छन्। व्यवसायिक तथा पैत्रिक स्रोत देखाउँदै उनले ‘धितोपत्र बजारमा कारोबार हुने शेयरहरू’ शीर्षकमा २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको लगानी रहेको उल्लेख गरेका छन्।

यसैगरी, एड्भेन्चर भिल्ला प्रालिमा पनि उनको ७० हजार थान शेयर रहेको छ, जसको मूल्य ७० लाख रुपैयाँ बराबर रहेको जनाइएको छ।

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सरकारका उच्च पदाधिकारीहरूको आर्थिक पारदर्शिता र लगानीको प्रकृतिबारे पुनः चर्चा सुरु भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077