Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गृहमन्त्री गुरुङको नाममा १९ रोपनी बढी जग्गा, ८९ तोला सुन

गृहमन्त्री गुरुङको नाममा १९ रोपनी बढी जग्गा, ८९ तोला सुन

आइतवार , चैत्र २९, २०८२

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको नाममा १९ रोपनी १५ आना जग्गा रहेको खुलासा भएको छ । आइतबार सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार उक्त जग्गा धनकुटामा रहेको र लगानीबाट जोडिएको उल्लेख गरिएको छ।

सम्पत्ति विवरणले गुरुङको व्यक्तिगत तथा पारिवारिक सम्पत्तिको विस्तृत चित्र प्रस्तुत गरेको छ। उनका पिता दिलबहादुर गुरुङको नाममा भरतपुर–१८ गुञ्जनगरमा ३० कठ्ठा जग्गा रहेको छ।

त्यस्तै, बाजे रामसल गुरुङको (बाँडफाँट नभएको) नाममा चुननुब्री क्षेत्रमा २ सय २१ रोपनी जग्गा रहेको उल्लेख गरिएको छ।

व्यक्तिगत चल सम्पत्तितर्फ हेर्दा, गृहमन्त्री गुरुङसँग ८९ तोला सुन रहेको विवरणमा जनाइएको छ। साथै, उनको स्वामित्वमा ६ किलो चाँदी पनि रहेको उल्लेख गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077