Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रीहरुलाई सांसद साम्पाङले भने - सम्पत्ति मात्रै होइन, आम्दानीको स्रोत पनि देखाउँ

मन्त्रीहरुलाई सांसद साम्पाङले भने - सम्पत्ति मात्रै होइन, आम्दानीको स्रोत पनि देखाउँ

सोमवार , चैत्र ३०, २०८२

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सरकारमा रहेका पदाधिकारीहरूको सार्वजनिक सम्पत्तिसँगै त्यसको स्रोत पनि अनिवार्य रूपमा खुलाउन माग गरेका छन् ।

सांसद साम्पाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै केवल सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्याप्त नभएको स्पष्ट पारे ।

उनले लेखेका छन्, 'सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो, अब त्यसको स्रोत पनि खुलाइदिए राम्रो हुन्छ।'

साम्पाङले स्रोत नखुलेको सम्पत्तिमाथि स्वाभाविक रूपमा शंका उत्पन्न हुने बताउँदै भने, 'स्रोतबिनाको सम्पत्ति देखिँदा घुमाइफिराइ भ्रष्टाचार गरिएको भन्ने बुझिन्छ। त्यसैले स्रोत प्रष्ट पारिनु अनिवार्य छ।'

आइतबार मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण र्सावजनिक गरेका थिए । मन्त्रीहरूले आफ्नो सम्पत्तिमा करोडौँ मौजदात, घरजग्गा, सेयरमा लगानी, सुनचाँदी देखाएका छन्। 

कतिपय मन्त्रीले बाख्रा, कुखुरा र कुकुर समेत आफ्नो सम्पत्तिका रूपमा उल्लेख गरेका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077