Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

इरान र अमेरिकालाई वार्ता जारी राख्न ओमानको अपिल

इरान र अमेरिकालाई वार्ता जारी राख्न ओमानको अपिल

सोमवार , चैत्र ३०, २०८२

एजेन्सी । मध्यपूर्वमा बढ्दो तनावकाबीच ओमानले अमेरिका र इरानलाई युद्धविरामको अवधि लम्ब्याउन र कूटनीतिक वार्ता निरन्तरता दिन अपिल गरेको छ ।

पाकिस्तानमा भएको पछिल्लो उच्चस्तरीय वार्ता निष्कर्षविहीन बनेपछि बदर अल-बुसैदीले सार्वजनिक रूपमा संयम र संवादको बाटो रोज्न आग्रह गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्,'सफलता हासिल गर्न सबै पक्षले कठिन सम्झौता गर्नुपर्ने हुन सक्छ, तर त्यो युद्धको पीडा र विनाशको तुलनामा केही पनि होइन।'

ओमान लामो समयदेखि अमेरिका र इरान बीचको संवेदनशील सम्बन्धमा मध्यस्थकर्ताको भूमिकामा रहँदै आएको छ। युद्ध सुरु हुनुअघि भएका धेरै चरणका अप्रत्यक्ष वार्तासमेत ओमानकै पहलमा सम्पन्न भएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077