Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले हटाए इन्स्टाग्रामको स्टोरी, रक्षा बमको यस्तो चेतावनी

चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले हटाए इन्स्टाग्रामको स्टोरी, रक्षा बमको यस्तो चेतावनी

सोमवार , चैत्र ३०, २०८२

काठमाडौं । गृहमन्त्री सुधन गुरूङले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना शुरु भएको छ। 

मन्त्री गुरुङले सम्पत्ति विवरणबारे आलोचना गर्नेहरूलाई लक्षित गर्दै इन्स्टाग्राम स्टोरी हालेका थिए । 

उक्त स्टोरीमा उनले ‘जन्मिँदै गरिब हुनु गल्ती होइन, तर गरिब भएर मर्नु गल्ती हो’ भन्ने अभिव्यक्ति दिएका थिए। साथै सरकारमा आउनुअघि इमान्दारीपूर्वक कमाउनु पाप नभएको तर सरकारमा आएर भ्रष्टाचार गर्नु पाप हुने पनि बताएका थिए। 

गुरुङको उक्त स्टारोलाई लिएर सामाजिक सञ्चालहरुमा कडा टिकाटिप्पणी भइरहेको थियो । वर्तमान सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरुसँग सुन सँगसँगै कारोडौंको सम्पत्ति देखिएकोभन्दै मन्त्रीहरुबाटै सम्पत्ति शुद्धीकरणमा अनुसन्धान शुरु हुनुपर्ने आवाज उठिरहेका छन् ।

चौतर्फी रुपमा आलोचना बढेपछि मन्त्री गुरुरुङले उक्त स्टोरी अहिले हटाएका छन् । 

यसैबीच जेन–जी अभियन्ता रक्षा बमले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीको भनाइको कडा प्रतिवाद गरेकी छन्। उनले गरिबीलाई व्यक्तिको गल्ती ठान्ने दृष्टिकोणप्रति आपत्ति जनाउँदै राज्यले सबैलाई समान अवसर दिन नसकेको यथार्थ औंल्याएकी छन्।

उनले देशका २० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि रहेको उल्लेख गर्दै आर्थिक हैसियतकै आधारमा नागरिकलाई ‘गलत’ भन्नु पदीय मर्यादाविपरीत हुने बताएकी छन्। उनले भनेकी छन्–‘आज गरिब भएर मर्नु गल्ती हो भनियो भने भोलि गरिब हुनु नै अपराध ठहरिन सक्छ ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077