Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालेन सरकारको प्रतिबद्धतामाथि गोकुलको व्यंग्य - डेण्टिङ–पेण्टिङ नयाँवाद

बालेन सरकारको प्रतिबद्धतामाथि गोकुलको व्यंग्य - डेण्टिङ–पेण्टिङ नयाँवाद

बुधवार , बैशाख २, २०८३

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले बालेन शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ माथि कटाक्ष गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै बाँस्कोटाले उक्त प्रतिबद्धतामा विभिन्न दलका घोषणापत्रहरू मिसिएको जस्तो देखिएको बताएका छन्।

'६ वटै दलका एजेन्डा एउटै डालोमा हालिएको जस्तो छ, जस–अपजस पनि सँगै जोडिएको छ,' उनले उल्लेख गरेका छन्।

उनले प्रतिबद्धतापत्रको वैचारिक स्पष्टतामाथि प्रश्न उठाउँदै समाजवादी, पूँजीवादी र नवउदारवादी सोचबीचको सीमा नै मेटिएको टिप्पणी गरेका छन्। “समाजवादी, पूँजीवादी, नवउदारवादी हिसाबकिताब नै खतम,” भन्दै उनले व्यङ्ग्य गरेका छन्।

बाँस्कोटाले ‘डेण्टिङ–पेण्टिङ नयाँवाद जिन्दावाद’ भन्ने टिप्पणीमार्फत प्रतिबद्धतापत्रलाई सतही सुधारको रूपमा चित्रण गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077