Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री शाह

विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री शाह

बिहिवार , बैशाख ३, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विश्वका १०० प्रभावशाली व्यक्तिहरूको सूचीमा समावेश भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइम पत्रिकाले सार्वजनिक गरेको सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिहरूको सूचीमा शाहको नाम पनि समेटिएको हो ।

टाइम पत्रिकाले उनलाई नेताहरूको वर्गमा राख्दै नेपालको प्रमुख राजनीतिक नेतृत्वकर्ताका रूपमा उल्लेख गरेको छ। पत्रिकाले ३६ वर्षीय शाहलाई पूर्व हिपहप कलाकार र नेपालको इतिहासकै कान्छा प्रधानमन्त्रीका रूपमा चित्रण गरेको छ।

फागुन २१ मा सम्पन्न आम निर्वाचनमा युवा पुस्ताको व्यापक समर्थन र पुराना राजनीतिक नेतृत्वप्रतिको असन्तोषका कारण उनले ठूलो विजय हासिल गरेको उल्लेख गरिएको छ।

काठमाडौं महानगरपालिकाका प्रमुख रहँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेका सुधारको चर्चा गर्दै प्रधानमन्त्रीको जिम्मेवारीमा शाहप्रतिको नेपाली जनताको विश्वाससँगै प्रभावकारी नेतृत्व निर्वाहको अपेक्षाबारे पनि चर्चा गरिएको छ।

यस वर्षको सूचीमा शाहसँगै विश्वका विभिन्न मुलुकका प्रभावशाली नेताहरू, व्यवसायी, कलाकार र खेलाडीहरू पनि समावेश छन्।

राजनीतिक नेतृत्वतर्फ अमेरिकी नेता डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ, पोप लियो चौधौँ, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाम, मार्क कार्नी र बेन्जामिन नेतान्याहुजस्ता नामहरू उल्लेख छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077