Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हर्क साम्पाङको फेसबुक ‘सस्पेन्ड’: एकाएक हरायो ‘अ रिभोलुसन’ आइडी

हर्क साम्पाङको फेसबुक ‘सस्पेन्ड’: एकाएक हरायो ‘अ रिभोलुसन’ आइडी

बिहिवार , बैशाख ३, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको फेसबुक आइडी एकाएक निष्क्रिय बनेको छ ।

‘हर्क साम्पाङ अ रिभोलुसन’ नामक फेसबुक प्रोफाइल बिहीबारदेखि सर्च गर्दा भेटिन छाडेको छ। सुरुमा ह्याक भएको आशंका गरिए पनि पछि उक्त आइडी ‘सस्पेन्ड’ गरिएको खुलेको छ।

श्रम संस्कृति पार्टी का उपमहासचिव समीर तामाङ का अनुसार, फेसबुकमा रिपोर्ट परेपछि आइडी सस्पेन्ड भएको हो।

उनले भने, “रिपोर्ट भएर ‘सस्पेन्ड’ भएको रहेछ, अहिले आइडी फिर्ता ल्याउने प्रयास भइरहेको छ।”

तर कसले, किन र कुन कारणले रिपोर्ट गर्‍यो भन्नेबारे पार्टीलाई समेत स्पष्ट जानकारी नभएको उनले बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077