Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मातातीर्थ औँशीको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने - आमा र मातृभूमि स्वर्गभन्दा महान्

मातातीर्थ औँशीको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने - आमा र मातृभूमि स्वर्गभन्दा महान्

शुक्रवार , बैशाख ४, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आमा र मातृभूमि स्वर्गभन्दा पनि महान् हुने बताएका छन् ।

मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले आमाको काखलाई न्यानो र चरणलाई तीर्थजस्तै पवित्र रूपमा व्याख्या गरेका छन् ।

'मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन् व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु,' उनले सन्देशमा उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले आमा जीवनको पहिलो गुरु र अनन्त ममताको स्रोत भएको उल्लेख गर्दै आमाको योगदान अतुलनीय रहेको बताएका छन्।

उनले ‘आमाको मुख हेर्ने दिन’ को अवसरमा सम्पूर्ण आमाहरू र नेपाल आमाको उज्यालो मुहारको कामना गर्दै सन्तानहरूले आफ्ना कर्ममार्फत आमालाई गर्व गराउनुपर्ने धारणा व्यक्त गरेका छन्।

'आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्,' उनले भनेका छन्।

साथै उनले नेपाल आमा सधैं हाँसेको हेर्न चाहेको भन्दै देशप्रतिको आफ्नो प्रतिबद्धता समेत दोहोर्‍याएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077