Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दिपक भट्टका भित्रिया सन्तोषनारायण श्रेष्ठले दिए पदबाट राजिनामा

दिपक भट्टका भित्रिया सन्तोषनारायण श्रेष्ठले दिए पदबाट राजिनामा

शुक्रवार , बैशाख ४, २०८३

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिने घोषणा गरेका छन् ।

शुक्रबार बोर्ड बैठकमै उनले पद त्याग गर्ने घोषणा गरेको जानकारी बाहिरिए पनि साँझसम्म औपचारिक राजीनामा पत्र भने नआएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।

श्रेष्ठलाई मन्त्रिपरिषद्ले २०८१ मंसिर १० गते सेबोनको अध्यक्षमा नियुक्त गरेको थियो। यसअघि अध्यक्ष नियुक्ति प्रक्रिया लामो समयसम्म विवाद र खिचातानीमा परेको थियो।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष संयोजक रहेको सिफारिस समितिले तीन जनाको नाम प्रस्ताव गरेकोमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको सिफारिसमा श्रेष्ठ नियुक्त भएका थिए।

अध्यक्ष नियुक्त भएलगत्तै उनको योग्यता सम्बन्धी विवाद उठेको थियो।

कानुनले तोकेको अनुभव नपुगेको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले अनुसन्धानसमेत अघि बढाएको थियो।

त्यसपछि पनि विभिन्न कम्पनीहरूको आईपीओ निष्कासनमा बिचौलिया प्रयोग गरी कमिशनको बार्गेनिङ गरेको आरोप लाग्दै आएको थियो।

विशेषगरी जलविद्युत कम्पनीहरूको आईपीओ प्रक्रियामा अनियमितता भएको आरोपमा अख्तियारले श्रेष्ठसँग बयानसमेत लिएको थियो।

उनी हाल सम्पत्ति शुद्वीकरण अनुसन्धान विभागको छानविनमा रहेका विचौलिया दिपक भट्टका भित्रिया हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077