Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

होर्मुज स्ट्रेट पुनः नियन्त्रणमा लिने इरानको घोषणा

होर्मुज स्ट्रेट पुनः नियन्त्रणमा लिने इरानको घोषणा

शनिवार , बैशाख ५, २०८३

एजेन्सी। इरानले होर्मुज स्ट्रेटमा पुनः आफ्नो नियन्त्रण सुरु गर्ने घोषणा गरेको छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्सले रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज स्ट्रेटमा आफ्नो पूर्ण नियन्त्रण पुनः सुरु गर्ने घोषणा गरेको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इरानले अमेरिकामाथि समुद्री नाकाबन्दी र समुद्री लुटपाट गरेको आरोप लगाउँदै आएको छ । यसअघि इरानी विदेशमन्त्री अब्बास अरागचीले युद्धविरामको समयमा सबै व्यापारिक जहाजलाई होर्मुज स्ट्रेटबाट आवतजावत गर्न खुला गरिएको बताएका थिए ।

तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सुरुमा इरानको निर्णयको स्वागत गर्दै धन्यवाद दिएका थिए। तर,  ट्रम्पको यो ‘धन्यवाद‘ सन्देश सार्वजनिक भएको केही मिनेटमै उनले अर्को पोस्ट गर्दै होर्मुजमा अमेरिकी नाकाबन्दीजारी रहने बताएका छन्।

यी फरक–फरक दाबीका कारण होर्मुज स्ट्रेटको वास्तविक अवस्था के हो भन्ने विषयमा अन्योल देखिएको छ ।

विश्वका सबैभन्दा महत्वपूर्ण तेल परिवहन मार्गहरूमध्ये एक मानिने दक्षिण इरानको तटछेउ अवस्थितमा स्ट्रेट अफ होर्मुजबाट हुने विश्वको करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति इरान–अमेरिका बीचको तनावले इन्धन आपूर्ति र सुरक्षा व्यवस्थामा असर पर्ने विश्वव्यापी चिन्तन बढेको छ ।

यता ट्रम्पले इरानसँगको युद्धविराम सम्झौता आउँदो बुधबारसम्म नभए सैन्य कारबाही पुनः सुरु हुने चेतावनी दिएका छन् ।

गत साता पाकिस्तानको मध्यस्थतामा भएको अमेरिका र इरानबीचको त्रिपक्षीय ‘इस्लामाबाद वार्ता’ कुनै ठोस सम्झौता बिना नै टुङ्गिएको थियो ।

तनावका बीच कूटनीतिक प्रयास भने जारी छन् । सोमबार पाकिस्तानको राजधानी इस्लामाबादमा अमेरिका र इरानबीच वार्ताको अर्को चरण हुने सम्भावना छ । दुवै देशका प्रतिनिधि आइतबार नै त्यहाँ पुग्ने जनाइएको छ ।

यदी ट्रम्पले तेहरानसँग शान्ति सम्झौतामा नभए सम्म इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी कायम राख्ने बताएका छन् । 

तेहरान र वासिङ्टनबीच यस अघि भएको युद्ध विराम बुधवार समाप्त हुने भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077