Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

होर्मुजमा आवतजावत नै बन्द गर्ने इरानको चेतावनी, ट्रम्पले अब के गर्लान ?

होर्मुजमा आवतजावत नै बन्द गर्ने इरानको चेतावनी, ट्रम्पले अब के गर्लान ?

आइतवार , बैशाख ६, २०८३

काठमाडौं । इरानले होर्मुज स्ट्रेटमा अमेरिकाले लगाएको नाकाबन्दी नहटाए उक्त मार्ग नै बन्द गराइने चेतावनी दिएको छ।

इरानी संसद्‌का सभामुख मोहम्मद बागेर गालिबाफले बन्दरगाहमा नाकाबन्दी गरिनु ‘गलत’ र ‘अविवेकी’ निर्णय भनेका छन्।

इरानको सरकारी टीभीसँग कुरा गर्दै गालिबाफले भनेका छन्–‘मैले पहिले नै भनिसकेको छु–यदि यो नाकाबन्दी हटाइएन भने होर्मुज स्ट्रेट मार्गमा आवतजावत नै निश्चित रूपमा बन्द गराइनेछ।’

गालिबाफले होर्मुज स्ट्रेट इरानको नियन्त्रणमा रहेको दाबी गर्दै अमेरिकाले होर्मुज स्ट्रेटबाट खानी हटाउने प्रयास गरेपछि इरानले कडा विरोध गरेको बताएका छन् । 

गालिबाफले भनेका छन्–‘हामीले यसलाई युद्धविरामको उल्लंघन मानेका थियौँ र स्पष्ट रूपमा भनेका थियौँ–यदि त्यसो गरियो भने हामी आक्रमण गर्नेछौँ।’

गालिबाफले हालै पाकिस्तानको इस्लामाबादमा अमेरिकासँग भएको वार्तामा इरानको नेतृत्व गरेका थिए।

अरब खाडीलाई ओमानको खाडी र त्यसभन्दा परको अरब सागरसँग जोड्ने स्ट्रेट अफ होर्मुज विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जामार्ग हो।

विश्वभर खपत हुने तेलको पाँचौँ हिस्सा र ठुलो मात्रामा ग्यास ओसारपसार हुने जलमार्ग स्ट्रेट अफ होर्मुज एकातिर ओमान र यूएई अनि अर्कातिर इरानको बिचमा पर्छ। 

यहाँबाट पार हुने कच्चा तेल इरान, इराक, कुवेत, कतार, साउदी अरब र यूएईबाट आउँछ। साथै स्ट्रेट अफ होर्मुजले एलएनजी व्यापारमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार स्ट्रेट अफ होर्मुज बन्द गर्ने अन्तिम निर्णय देशको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले गर्छ र त्यसलाई सरकारले अनुमोदन गर्नुपर्छ।

इरानको चेतावनीपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कुनै प्रतिक्रिया आएको छैन । यद्यपी उनले बुधबारसम्म शान्ति सम्झौता नभए युद्ध फेरि सुरु हुने संकेत भने गरेका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077